उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
काठमाण्डौ – रुसी सेनामा भर्ना भएका आफन्तको उद्धारको माग गर्दै एक सय ४० जनाका परिवारले निवेदन दिएका परराष्ट्र मन्त्रालयले जनाएको छ । अहिलेसम्म कन्सुलर सेवा विभागमा एक सय ४० जनाका परिवारका सदस्यले उद्धारका लागि आवेदन दिएका र थप निवेदन आउने क्रममा रहेको मन्त्रालयले जनाएको छ ।
रुसी सेनामा भर्ना भएका नेपाली नागरिकको ज्यान गएको र घाइते भएको सूचना सार्वजनिक हुन् थालेपछि आफन्तले उद्धारका लागि आग्रह गर्ने क्रम बढेको हो । परराष्ट्र मन्त्रालयको पछिल्लो जानकारीअनुसार रुसी सेनामा भर्ना भएकामध्ये १२ जना नेपालीको ज्यान गएको छ भने पाँच जना युक्रेनी सेनाको कब्जामा रहेका छन् । यसबाहेक के कति सङ्ख्यामा नेपाली नागरिक रुसी सेनामा भर्ना भएका छन् तथा युद्धका क्रममा कति घाइते भए वा हराए भन्ने यथार्थ विवरण छैन् ।
रुसी सेनामा भर्ना हुन जाने नेपाली धेरैजसो भ्रमण भिसामार्फत खाडीका देश हुँदै रुस गएका पाइएको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिनुभयो । नेपाल सरकारले रुस सरकारलाई मृतकको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरेको भए पनि शव प्राप्त हुने नहुने टुङ्गो छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।