उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
काठमाण्डौ – ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोलमा आमा र दुई जना बच्चाको ज्यान गएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार घरबाट हाम फालेकी ३६ वर्षकी रविना महर्जनको उपचारकाक्रममा किष्ट अस्पतालमा गएराति ज्यान गएको हो ।
त्यस्तै घरको बन्द कोठामा अचेत अवस्थामा भेटिएका ६ वर्षका अस्वेत र २ वर्षकी रिबाको हिजो बेलुका ज्यान गएको प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिनुभयो ।
आमा रविनाले घरको चौथो तलाबाट हामफालेको र घाइते अवस्थामा उपचारका लागि अस्पताल लगिएको थियो । आमाले घरबाट हामफालेपछि अनुसन्धान गर्दा बच्चाहरु अचेत भेटिएका थिए । के कारणले घटना भएको बारे खुलिनसकेको र थप अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।