तनहुँको व्यास नगरपालिकाका एक सय आठ जना दीर्घरोगीलाई आर्थिक स...
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौ – बाग्लुङको निसीखोला गाउँपालिका–५ निसीमा बस्ती विस्तार हुँदै गएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने निसीगाउँ जनघनत्व बढ्दो क्रममा रहे पनि खानेपानीको समस्या छ । निसीमा बाहिरबाट आएर पनि मानिस बसोबास गर्न थालेका छन् । पानी र अन्य पूर्वाधार प्रयोग गर्ने उपभोक्ता बढ्दै गएको अवस्थामा मुख्यगरी खानेपनीको समस्या छ ।
निसीमा झण्डै १५ घरपरिवारले एउटै धाराबाट पानी उपभोग गर्नुपर्ने अवस्था छ । स्थानीय भुलबहादुर विकले तीन दशक अगाडि निर्माण भएका धारा पनि व्यवस्थित नभएका गुनासो गर्नुभयो । त्यस्तै सङ्घीय सरकारले निसीमा एक घर एक धारा निर्माण गर्ने योजना लिए पनि बजेट अभावमा काम हुन सकेको छैन ।
बस्तीभन्दा धेरै टाढा रहेको नौबहिनी मुहानबाट निसीगाउँमा सात सय ४६ वटा धारा बनाउनका लागि सर्वेक्षण गरे पनि अरु काम अगाडि बढेको छैन । खानेपानीको आयोजना सम्पन्न गर्न झण्डै १३ करोड लागत लाग्ने भए पनि दुई वर्षमा जम्मा २३ लाख रुपैयाँ मात्रै बजेट विनियोजन भएको छ ।
खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीबाट सञ्चालित छ । आयोजनाका इन्जिनियर नवीन सुवेदीले दुई वर्षमा सकिनुपर्ने आयोजना बजेट अभावका कारण काम हुन नसकेको बताउनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।