६ महिनामा देशभर १० लाखभन्दा धेरै गाडी कारबाहीमा, झन्डै ८० कराेड रुपैयाँ जरिबाना सङ्कलन

 माघ २८, २०८० आइतबार १५:२९:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको छ महिनामा देशभर १० लाख ५२ हजार वटाभन्दा धेरै गाडीलाई कारबाही गरेको छ ।

गएको साउनदेखि पुस मसान्तसम्म १० लाख ५२ हजार ५५ वटा गाडीलाई कारबाही गरेको र ७९ करोड ७१ लाख ४४ हजार रुपैयाँभन्दा धेरै जरिबाना सङ्कलन भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

काठमाण्डाै उपत्यकाबाट मात्रै ३२ करोड ३३ लाख ७० हजार रुपैयाँ जरिबाना सङ्कलन भएको छ । यस्तै प्रदेशतर्फ सबैभन्दा धेरै मधेस प्रदेशबाट १० करोड पाँच लाख र सबैभन्दा कम कर्णाली प्रदेशबाट एक करोड ५६ लाख रुपैयाँ जरिबाना सङ्कलन भएको छ ।

कारबाहीमा परेका १० लाख ५२ हजार वटा गाडीमध्ये सबैभन्दा धेरै मोटरसाइकलको सङ्ख्या चार लाख ३२ हजार वटा छ । यस्तै कार/जीप/भ्यानको सङ्ख्या दुई लाख ६१ हजार वटा, ट्रक/ट्याङकरको सङ्ख्या एक लाख ७० हजार वटा र बस/मिनिबसको सङ्ख्या एक लाख नौ हजार वटा रहेको छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया