पर्सि बुधवार पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना

 माघ २९, २०८० सोमबार ९:२०:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - पर्सि बुधवार देशभरका पहाडी भेगमा हल्का पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका कारण कोशी, बाग्मती, गण्डकी,  लुम्बिनी र कर्णाली प्रदेशसहित पहाडी भेगका केही ठाउँमा हल्का पानी पर्न सक्ने सम्भावना छ ।

आज र भोलि भने देशका पहाडी भेगको मौसम आंशिकदेखि सामान्य बदली रहे पनि वर्षाको सम्भावना भने नरहेको मौसमविद् सञ्जीव अधिकारीले बताउनु भयो । यसअघि अघिल्लो हप्ता दुई पटक पश्चिमी क्षेत्रसँगै पहाडी भेगका केही ठाउँमा हल्का पानी परेको थियो । तर देशका सबै ठाउँमा राम्रोसँग हिउँदे वर्षा हुन सकेको छैन । यसपालिको हिउँदमा पर्याप्त वर्षा नहुँदा बालीनालीमा सुक्खापन बढेको छ । अझै केही समय देशभर ठूलो पानी पर्न सक्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ ।

यसैबीच, काठमाण्डौ उपत्यकासहित देशभर अधिकतम तापक्रम बढ्दै गएको छ । आज काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ५ देखि ८ डिग्री मापन गरिएको छ भने दिउँसोपख अधिकतम तापक्रम २१ देखि २३ डिग्री पुग्न सक्ने महाशाखाको अनुमान छ । 

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया