चितवनको बाँदरझुलामा चाँडै विद्युत् पुर्‍याउँछौँ : प्राधिकरण

 माघ २९, २०८० सोमबार १५:१८:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चितवनको माडी नगरपालिका वडा नम्बर ९ बाँदरझुलामा राष्ट्रिय प्रसारण लाइन नपुग्दा स्थानीय अँध्यारोमै बस्न बाध्य रहेका छन् । केही घर परिवारले सौर्य प्रणालीको विद्युत् उपभोग गर्ने गरेका भए पनि धेरैजसो घरमा विद्युत् सुविधा छैन । नेपाल विद्युत् प्राधिकरणले बाँदरझुलामा विद्युतीकरणका लागि दुई वर्षअघिनै साढे २ करोड रुपैयाँ बजेट विनियोजन गरी टेण्डर आह्वान गरेको थियो ।

तर, चितवन राष्ट्रिय निकुञ्ज कार्‍लयलले आफ्नो मध्यवर्ती क्षेत्रमा रहेको अव्यवस्थित बस्तीलाई प्रोत्साहन गरी अतिक्रमणलाई बढावा मिल्ने गरी कुनै योजना सञ्चालन नगर्न पत्राचार गरेपछि  विद्युतीकरणका लागि गरिएको टेण्डर प्रक्रिया रोकिएको हो । बाँदरझुला भन्दा दुई किलोमिटर टाढा ठोरीसम्म विद्युत् पुगेको छ ।

निकुञ्जले आफ्नो क्षेत्र दाबी गरेपनि स्थानीयले २०४७ सालदेखि नै आफूहरुले भोगचलन गरेको भन्दै जग्गा आफुहरुको दाबी गर्दै आएका छन् । विद्युतीकरणको समस्या देखिएपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहितको टोलीले स्थानीयसँग छलफल गरेको छ।

छलफलका क्रममा घिसिङले निकुञ्जले बस्ती हटाएमा विद्युत्का संरचना पनि हटाउने गरी विद्युतीकरणका लागि छलफल भइरहेको र चाँडै बस्तीमा विद्युत् पुर्‍याउने बताउनुभयो । प्राधिकरणले यसअघि बारामा प्रस्तावित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको क्षेत्र टाँगियाबस्तीमा पनि बस्ती हटाउँदा संरचना हटाउनेगरी विद्युत् पुर्‍याएको थियो । 

अन्तिम अपडेट: साउन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया