सन् २०२३ नेपालमा चार दशक यताकै तातो वर्ष

 माघ २९, २०८० सोमबार १५:१७:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : जल तथा माैसम विज्ञान विभाग

काठमाण्डौ – सन् २०२३ मा नेपालको औसत तापक्रम ४२ वर्ष यताकै बढी रेकर्ड भएको छ । यसअघि सन् २०१०, २०१६ र २०२३ पनि तातो वर्षका रुपमा रहेकामा सन् २०२३ ती सबै रेकर्डलाई तोडेर सन् १९८१ पछिकै तातो वर्ष बनेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार सन् २०२३ मा अधिकतम र न्यूनतम तापक्रम दुवै सामान्यभन्दा बढी रेकर्ड भएका छन् ।

सन् २०२३ मा नेपालको औसत अधिकतम तापक्रम २७ दशमलव ९ डिग्री सेल्सियस थियो । यो सामान्य वार्षिक अधिकत तापक्रमभन्दा शून्य दशमलव ६ डिग्री सेल्सियसले बढी हो । सन् १९८० को दशकमा औसत वार्षिक अधिकतम तापक्रम २६ दशमलव ४ डिग्री सेल्सियस थियो । सन् २०२३ मा नेपालको औसत न्यूतम तापक्रम १५ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ ।

यो वार्षिक न्यूनतम तापक्रमभन्दा शून्य दशमलव ५ डिग्री सेल्सियस बढी हो । सन् २०२३ मा  नेपालका १२ ठाउँमा अधिकतम तापक्रमको रेकर्ड ब्रेक भएको छ । मौसम विज्ञान विभागका अनुसार वैशाख अन्तिमतिर नेपालमा एक्कासी बढेको तापक्रम असारको दोस्रो हप्तासम्म रहेको थियो ।

सन् २०२३ मा कपिलवस्तु, रुपन्देही, नवलपरासी–पश्चिम, चितवन, पर्सा, बारा, सर्लाही, धनुषा, महोत्तरी र सिरहा जिल्लाका केही ठाउँमा केही दिन तापक्रम ४२ डिग्री सेल्सियस नाघेको थियो । सन् २०२३ वर्षाको हिसाबले भने सामान्य रह्यो । समग्रमा ९१ प्रतिशत वर्षा भएको छ ।  सन् १९८१ पछि सन् २०२३ आठौँ सबैभन्दा सुक्खा वर्ष बनेको छ ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया