साउदीको जेलमा रहेका नेपाली मध्ये झण्डै ८५ प्रतिशतलाई जाँडरक्सीको मुद्दा

 माघ २९, २०८० सोमबार १५:१९:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – रोजगारीका लागि साउदी अरब पुगेका बेला जेल परेका नेपालीमध्ये धेरैजसोलाई जाँडरक्सी खाएको तथा उत्पादन गरेर बिक्री गरेको आरोप लाग्ने गरेको पाइएको छ ।

अहिले साउदीको जेलमा चार सय ८० जना भन्दा धेरै नेपाली जेलमा रहेका र उनीहरु मध्ये झण्डै ८५ प्रतिशत जाँडरक्सी खाएको तथा ओसारपसार र उत्पादनको कसुरमा जेल परेका पाइएको साउदीमा रहेको राजदूतावासका प्रथम सचिव टोपनारायण गिरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

साउदीमा जाँडरक्सी उत्पादन, बिक्री तथा उपभोगमा प्रतिबन्ध छ । केही समय अघि कुटनीतिक कर्मचारीका लागि जाँडरक्सी बिक्री खुल्ला गरेको भए पनि त्यो सर्वसाधरणको पहुँचमा छैन । कतिपय नेपालीहरुले कम समयमा धेरै कमाउन पाइने भएकोले घरेलु रक्सी उत्पादन गरेर बेच्ने पाइएको छ ।

नेपालबाट पिठोमा मिसाएर रक्सी बनाउने मर्चा लैजाने र साउदीमा चामल, गहुँ, खजुर लगायत प्रयोग गरेर रक्सी बनाउने गरेको पाइएको छ । कैयौँ नेपालीहरु जेल परिसक्दा पनि रक्सी बनाउने कामलाई निरुत्साहित गर्न नसकिएको गिरीले बताउनुभएको छ । 

कामदारहरु अरबमा जानु अघि दिइने अभिमुखीकरणमा रक्सीको प्रयोग तथा उत्पादन र ओसारपसारबारे जानकारी दिने गरेको भए पनि त्यहाँ पुगेपछि धेरै नेपाली त्यही मुद्दामा पक्राउ पर्ने गरेका छन् । जाँडरक्सीको मुद्दामा साउदीमा नेपालीहरुलाई केही महनादेखि सात वर्ष सम्मको जेल सजाय हुने गरेको छ । साउदीमा झण्डै चार लाख नेपाली रोजगारीको लागि रहेका छन् ।  

अन्तिम अपडेट: कात्तिक १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया