उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
पाँचथर – फाल्गुनन्द गाउँपालिकाले धेरै धान उत्पादन गर्ने २९ जना किसानलाई नगदसहित सम्मान गरेको छ ।
५० देखि एक सय मुरी धान उत्पादन गर्ने २७ जना र एक सय मुरीभन्दा धेरै धान उत्पादन गर्ने दुई गरी २९ जना किसानलाई पुरस्कृत गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले जानकारी दिनुभयो । ५० मुरीभन्दा माथि धान उत्पादन गर्नेलाई ३० हजार रुपैयाँका दरले र सय मुरीभन्दा धेरै उत्पादन गर्नेलाई ५० हजार रुपैयाँका दरले सम्मान गरिएकाे हाे ।
किसानलाई पञ्चेबाजा, ढोल, झाँकीसहित भव्य र्यालीका साथ सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियाे । धेरै धान फलाउने किसानहरू १ र ५ नम्बर वडाबाट नाै/नाै जना, ६ र ७ नम्बर वडाका दुई/दुई जना, २ नम्बरका र ४ नम्बरका चार/चार जना गरी २९ जनाले एक हजार सात सय ५६ मुरी धान फलाएका पालिकाले तथ्याङ्क सार्वजनिक गरेको छ ।
आउँदा दिनमा अन्य कृषि उपज वस्तु फलाउनेलाई पनि पुरस्कृत गर्दै कृषि प्रणालीको माध्यमबाट समृद्ध पालिका निर्माणमा जोड दिने गाउँपालिकाका अध्यक्ष बृजहाङ आङ्देम्बेले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।