उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
काठमाण्डौ – ललितपुर महानगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रममार्फत् स्वास्थ्य सेवा शुरु गरेको छ । महानगरले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पतालको सञ्चालन र व्यवस्थापनमा स्वास्थ्य सेवा हिजोदेखि शुरु गरेको हो । स्वास्थ्य सेवा पुल्चोकमा रहेको यल स्वास्थ्य सेवा केन्द्रबाट लिन सकिने महानगरले जनाएको छ ।
महानगरका मेयर चिरीबाबु महर्जनले नेपालकै उत्कृष्ट अस्पताल र मुलुककै जेठो नगरपालिकाबीचको समझदारी तथा सहकार्यबाट महानगरवासीले उत्कृष्ट सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्नु भयोे ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा राजेशलाल गंगोलले स्वास्थ्य बीमा कार्यक्रम मार्फत प्रवाह हुने सेवाले नागरिकको खर्च घटाउन र रोगका कारणले ऋणको भारी बोक्नुपर्ने अवस्था अन्त्य गर्न सहयोग गर्ने बताउनु भयो ।
यल स्वास्थ्य केन्द्रमा अहिले कर्मचारी र चिकित्सकसहित ५६ जना जनशक्तिको व्यवस्था गरिएको छ। आपत्कालीन सेवामा पाँच शय्या र बहिरङ्ग सेवामा पाँच शय्या रहेको स्वास्थ्य सेवा केन्द्रबाट दैनिक पाँच विशेषज्ञ सेवासहित २४ घन्टा सेवा प्रदान गरिनेछ ।
जनरल मेडिसिन, जनरल सर्जरी, प्रसूति, बालस्वास्थ्य र हाडजोर्नीको विशेषज्ञ सेवा प्रदान गर्ने महानगरले जनाएको छ । २०७२ चैत २५ गते कैलालीबाट शुरु भएको स्वास्थ्य बीमा कार्यक्रम अहिले देशका सात सय ५३ वटै पालिकामा सञ्चालन भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।