२०८१ सालमा ३४ दिन सार्वजनिक बिदा, पृथ्वी जयन्ती र शहीद दिवसको दिन बिदा थपियो

 फागुन २, २०८० बुधबार १५:१३:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – आउँदो वर्ष २०८१ सालमा ३४ दिन सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको बिदा सूचीअनुसार २०८१ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्ममा २७ दिन पर्व बिदा र सात दिन दिवसकाे बिदा गरी ३४ दिन सार्वजनिक बिदा परेको हो ।

राजपत्रमा प्रकाशित सूचनाअनुसार महिला कर्मचारीहरूका लागि हरितालिका तीज पर्व बिदा दिइएको छ । यस्तै जितिया मनाउने महिला कर्मचारीहरूले जितिया पर्वको बिदा पाउँछन् । शिक्षण संस्थाहरूमा वसन्त पञ्चमीमा थप बिदा हुन्छ । काठमाण्डौ उपत्यकामा विभिन्न जात्राका लागि थप चार दिन, गौरा पर्व मनाउने क्षेत्रमा एक दिन, सिरुवा पावनी पर्व मनाउने ठाउँमा एक दिन सार्वजनिक बिदा छ । यस्तै अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका दिन अपाङ्गता भएका कर्मचारीहरूले बिदा पाउँछन् । यस्तै आउँदो वर्ष वर्षभरिका शनिवार बिदा ५३ दिन परेको छ ।

राजपत्रमा प्रकाशित बिदा सरकारी तथा गैरसरकारी क्षेत्रका लागि लागू हुन्छ । विदेशमा रहेका नेपाली नियोगहरूले सम्बन्धित देशका सार्वजनिक बिदाहरूलाई समेत हेरी बढीमा १८ दिनसम्म सार्वजनिक बिदा आफैँले व्यवस्थापन र समायोजन गर्न सक्छन् ।

जनयुद्ध दिवसको बिदा सर्वोच्च अदालतको आदेशसँगै यस वर्षदेखि नै बदर भएको थियो । अर्को वर्षका लागि शहीद दिवस र पृथ्वी जयन्तीको बिदा थप भएको छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया