त्रिविको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको काम आफ्नै भवनबाट शुरु

 फागुन ३, २०८० बिहीबार १०:२२:० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै - त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग बल्खुमा आफ्नै नवनिर्मित भवनमा औपचारिक रुपमा सरेको छ ।

त्रिविका कार्यवाहक उपकुलपति प्रा.डा. शिवलाल भुसालले विभाग परिसरमा हिजो नयाँ भवनको उद्घाटन गर्नुभएको हो ।  विसं २०७३ मा रत्नराज्य लक्ष्मी क्याम्पसमा छुट्टै प्रशासनिक संरचनाअन्तर्गत सञ्चालित केन्द्रीय विभाग अबदेखि बल्खुमा रहेको सुविधासम्पन्न भवनमा सञ्चालन हुन थालेको छ ।

कार्यवाहक उपकुलपति भुसालले विभागले लामो समयको प्रतीक्षापछि पूर्वाधार प्राप्त गरेको बताउनुभयो ।  त्यसका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट सहयोग जुटाउन विभागका सम्बद्ध सबैलाई उहाँले आग्रह गर्नुभयो ।  पत्रकारिताको प्राज्ञिक अध्ययन अनुसन्धानका लागि आवश्यक सबै सुविधा रहेको केन्द्रीय विभाग भवन चार वर्षमा निर्माण सम्पन्न भएको हो ।

विश्वविद्यालयले २०३१ सालमा प्रदर्शनीमार्गमा रहेकाे रत्नराज्यलक्ष्मी क्याम्पसमा पत्रकारिताको अध्ययनअध्यापन शुरु गरेको थियो । लामो समय प्रमाणपत्र तह र स्नातक तहको अध्यापन हुँदै आएकामा त्रिविले २०५८ सालदेखि पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर, २०६७ देखि विद्यावारिधि (पीएचडी) र विसं २०७४ देखि  दर्शनाचार्य तथा विद्यावारिधि (एमफिल पीएचडी) तहको अध्यापन शुरु गरेको थियो ।

नयाँ भवनमा सुविधासम्पन्न कक्षाकोठा, प्राध्यापक कक्ष, रेडियो स्टुडियो, फिल्म अध्ययनस्थल, मल्टिमिडिया कक्ष, पुस्तकालय, अन्तर्राष्ट्रियस्तरको सभाहल, अतिथि प्राध्यापक आवासलगायत रहेका छन् । 

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया