उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै - आज कोशी प्रदेशका पहाडी क्षेत्रमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
काठमाण्डौ उपत्यकासहित बाँकी भूभागको मौसम भने आंशिक बदलीदेखि सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो धुम्म रहेको काठमाण्डौसहित धेरै ठाउँको आकाश आज खुलेको छ ।
नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनु भयो । उहाँका अनुसार हिजो रुकुम पूर्व, बारा, नवलपरासी, प्युठान र सिन्धुलीमा हल्कादेखि छिटपुट वर्षा भएको थियो ।
आज कोशी प्रदेशका पहाडी क्षेत्रबाहेक अरु ठाउँमा वर्षाको सम्भावना नरहेको उहाँले बताउनु भयो । उहाँकाअनुसार आजदेखि मौसममा क्रमिक सुधार हुँदै जानेछ । मौसमी प्रणाली देशको पश्चिम भेगबाट क्रमशः पूर्वी भेगतिर सरिरहेकाले आज रातिदेखि मौसममा सुधार हुँदै जाने उहाँले बताउनु भयो ।
आज काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री मापन गरिएको छ । दिउँसोपख काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम २१ देखि २३ डिग्री पुग्न सक्ने महाशाखाको अनुमान छ । पछिल्लो केहीदिनयता दिउँसो घाम लाग्न थालेसँगै देशभरको अधिकतम र न्यूनतम तापक्रम बढ्न थालेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।