अमेरिका लैजाने भन्दै ११ जना भारतीय नागरिकलाई काठमाण्डाैमा बन्धक बनाउने ८ जना पक्राउ

 फागुन ३, २०८० बिहीबार १८:६:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अमेरिका लैजाने भन्दै ११ जना भारतीय नागरिकलाई काठमाण्डौमा बन्धक बनाउने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डौले आज पत्रकार सम्मेलन गरेर घटनामा संलग्न आठ जना भारतीय नागरिकलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा इन्दु सिंह यादव, निपुन गुप्ता, चरण जित सिंह, अशोक कुमार, अब्दुल रहिम, मनिष कुमार मल्होत्रा, रवि मिवदे र राम चन्द्र शर्मा छन् ।

यिनीहरूले विभिन्न देशका नागरिकलाई युरोप, अमेरिका, अस्ट्रेलिया, क्यानडालगायतका देशमा पठाउने भनी नेपाली भूमि प्रयोग गरेर बन्धक बनाउने गरेको प्रहरीले जनाएको छ । यिनीहरूले मेक्सिकोको भाषा, समय, संस्कृति, सङ्गीत आदिसँग मिल्ने खालको कृत्रिम वातावरण बन्धक बनाएकै घरमा सृजना गरी भिडियो कलमार्फत आफन्तलाई देखाएर अमेरिकासम्म पुग्न लाग्ने खर्च भारतीय रुपैयाँ ४० लाख वा त्योभन्दा बढी रकम भारतमा रहेको एजेन्टहरूको हातमा जम्मा गर्न लगाउने गरेका अनुसन्धानबाट खुलेको छ ।

यिनीहरूको साथबाट विभिन्न एअरलाइन्सका नक्कली बोर्डिङ पास, पीडितहरूको पासपोर्ट, मेक्सिको र ब्राजिलको समय निर्धारण गरिएको घडी, विभिन्न देशका मुद्रा, शारीरिक यातना दिन प्रयोग हुने पाइपलगायतका सामान बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले बन्धक बनाउने समूहलाई पक्राउ गर्न ‘अपरेशन डङ्की’ चलाएको थियो । बन्धक बनाइएका ११ जनाको गए राति काठमाण्डौको रातोपुल क्षेत्रबाट उद्धार गरेको जिल्ला प्रहरी परिसरका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया