सिन्धुली, बझाङ र तनहुँमा भएकाे छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको ज्यान गयो

 फागुन ४, २०८० शुक्रबार १२:५३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सिन्धुलीको दुधौली नगरपालिका वडा नं ९ आँपडाँडामा आज बिहान दुई वटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा वडा नं १० बस्ने बेचु कुमरको ज्यान गएको छ ।

दुर्घटनामा अर्को मोटरसाइकलमा रहेका  स्थानीय हरि राउत घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो । घाइते राउतको दुधौलीमा रहेको प्रयाग अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच, बझाङको तलकोटबाट चैनपुर आइरहेको जीप तल्कोट गाउँपालिकाको साइलाबगड नजिक दुर्घटना हुँदा तलकोट–१ की सुस्मिता कठायतको ज्यान गएको छ ।

दुर्घटनामा घाइते भएका तलकोट–३ का जीप चालक राजेशकुमार कडाल र मष्टा गाउँपालिका–५ का सह–चालक कमल कठायतको जिल्ला अस्पताल चैनपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, तनहुँको शुक्लागण्डकी नगरपालिका–१० छाब्दी देउरालीमा हिजो बेलुका ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा रहेका शुक्लागण्डकी–१ थप्रेककी पीपलकौरी गुरुङको ज्यान गएको छ।

ट्र्याक्टर चालक र मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको  जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया