विश्व सामाजिक मञ्चको १६औँ संस्करण आज औपचारिक रुपमा सकिँदै

 फागुन ७, २०८० सोमबार ९:२८:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराकासाथ यही फागुन ३ गते काठमाण्डौमा शुरु भएको  विश्व सामाजिक मञ्चको १६औँ संस्करण आज औपचारिक रुपमा सकिँदैछ । ९० वटाभन्दा बढी देश सहभागी भएको सम्मेलनमा हिजोसम्म विभिन्न समसामयिक क्षेत्रका चार सय ५० वटा छलफलका सत्र चलेको थियो ।

आर्थिक असमानता र आर्थिक न्याय, श्रम, आप्रवासन, दासत्व र मानव बेचबिखन, जात, काम र वंशजमा आधारित भेदभाव, आदिवासी, छुवाछूत र सबै प्रकारका भेदभाव, लिङ्ग, लैङ्गिकता, लैङ्गिक हिंसा र पहिचान, भूमि, कृषि, खाद्य सम्प्रभुताजस्ता विषयमा छलफल भएको नेपाल आयोजक समितिको सदस्य रहेको गैरसरकारी संस्था महासङ्घका अध्यक्ष नेत्रप्रसाद तिमिल्सिनाले बताउनुभयो ।

उहाँका अनुसार सम्मेलनले संसारभरका महिला, आदिवासी जनजाति, युवा, किसान, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति, जलवायु परिवर्तन आदि क्षेत्रमा भएका समस्याका कारण विश्वको संकट गहिरिँदै जानेतर्फ सचेत गराएको छ।

सम्मेलनले वर्तमान विश्व व्यवस्थाले अङ्गीकार गरेका आर्थिक नीति र संरचनाले सिर्जना गरेका नकारात्मक प्रभाव कम गर्न विश्वव्यापी रुपमा दबाब सिर्जना गर्ने निष्कर्ष निकालेको छ। 

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया