सामाजिक सुरक्षा कोषबाट उपचार सुविधा विस्तार
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै - सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनामा ९ हजार ३ सय ८८ जना पीडित भएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ सार्वजनिक गर्दै सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनामा ९ हजार ३ सय ८८ जना पीडित भएको तथ्याङ्क हिजो सार्वजनिक गरेको हो ।
सन् २०२३ अर्थात २०७९ पुस १७ देखि २०८० पुष १५ गतेसम्म मानव अधिकार उल्लङ्घनका घटनामा १ सय ४६ जना महिला र ८ सय ४२ पुरुष गरी जम्मा ९ सय ८८ जना पीडित भएको इन्सेकको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी ज्यादतीका घटनामा ७ हजार ७ सय १६ महिला र ६ सय ८२ जना पुरुष पीडित भएको तथ्याङ्क छ ।
इन्सेकले सन् २०२२ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ७ हजार ३ सय ७६ जना पीडित भएको उल्लेख गर्दै सन् २०२३ मा यो सङ्ख्या सन् २०२२ भन्दा २ हजार १२ जनाभन्दा बढी भएको जनाएको छ ।
यसैबीच, सन् २०२३ को मानव अधिकार उल्लङ्घन सूचकाङ्कमा बाग्मती प्रदेशमा मानव अधिकारको अवस्था सबैभन्दा खराब देखिएको छ भने सुदूरपश्चिम प्रदेश उत्कृष्टमा पर्न सफल भएको छ ।
सूचकाङ्कमा ८५ दशमलव २४ अङ्कसहित बाग्मती सबैभन्दा खराब अवस्थामा रहेको तथ्याङ्कले देखाएको छ । त्यसपछि मधेसको ६४ दशमलव ३९, कोशीको ४९ दशमलव ८१, लुम्बिनीको ४२ दशमलव १२, कर्णालीको ३१ दशमलव २५, गण्डकीको १६ दशमलव ३६ र सुदूरपश्चिमको ९ दशमलव ५१ अङ्क रहेको सूचकाङ्कमा समावेश गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।