सामाजिक सुरक्षा कोषबाट उपचार सुविधा विस्तार
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै - पर्साको वीरगञ्जमा हिजो बेलुकादेखि लागू भएको अनिश्चितकालीन कर्फ्यु आज बिहान ६ बजेदेखि १० बजेसम्मका लागि खुला गरिएको छ ।
हिजो बेलुकादेखि अनिश्चितकालीन कर्फ्यु जारी भए पनि नागरिकको सहजताका लागि कर्फ्यु खुकुलो गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीले जानकारी दिनुभयो।
रौतहटको ईशनाथ नगरपालिकाको मोतीपुरमा सरस्वतीको मूर्ति विसर्जन गर्ने क्रममा भएको विवादलाई लिएर वीरगञ्जमा प्रदर्शन भएपछि शान्ति सुरक्षा बिग्रने आशङ्कामा जिल्ला प्रशासन कार्यालयले वीरगञ्ज महानगरपालिकाका केही ठाउँमा हिजो बेलुकादेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो।
अहिले त्यहाँको अवस्था सामान्य छ । हिजो प्रदर्शन गर्ने दुई धार्मिक पक्षसँग आज बिहान ११ बजे सर्वदलीय बैठक बसेर कर्फ्युबारे थप निर्णय गर्ने प्रशासनले जनाएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।