गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा पानी पर्ने सम्भावना

 फागुन ८, २०८० मंगलबार ९:३९:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आज चार वटा प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा अहिले पनि हल्का वर्षा र हिमपात भैरहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । देशका बाँकी पहाडी भूभागका थोरै ठाउँमा आज हल्का वर्षाको सम्भावना छ । नेपालमा पश्चिमी वायुको प्रभावका कारण हल्कादेखि मध्यम वर्षा भएको र आउँदो बिहीवारदेखि मौसम क्रमिक रुपमा सुधार हुँदै जाने उहाँले बताउनु भयो ।

आज काठमाण्डौ उपत्यकामा बिहानपख हुस्सु लागेकाले भिजिबिलिटी केही घटेको मौसमविद् मानन्धरले बताउनुभयो । तराई मधेसका केही क्षेत्रमा बिहानपख लाग्ने गरेको हुस्सु मौसमी प्रणालीकै कारण बिस्तारै हट्नेक्रममा रहेको महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया