सोलुखुम्बुको नाम्चे र खुम्जुङ क्षेत्रमा १५ दिनदेखि बिजुली अवरुद्ध

 फागुन ८, २०८० मंगलबार १६:१२:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

नाम्चे बजार

साेलुखुम्बु – सोलुखुम्बुको पर्यटकीय क्षेत्र नाम्चे र खुम्जुङ क्षेत्रमा १५ दिनदेखि बिजुली अवरुद्ध छ ।

गएको माघ २२ गते हावाहुरीले ढलेको रुखले खुम्बु विद्युत् कम्पनीको पोल र जमिनमुनिको तारमा क्षति पुगेपछि बिजुली सेवा ठप्प बनेको हो । यसबाट सगरमाथा क्षेत्र भ्रमणका लागि नाम्चे र खुम्जुङ क्षेत्र पुग्ने स्वदेशी तथा विदेशी पर्यटक समस्यामा परेका छन् ।

खुम्बुमा पर्यटकीय याम शुरु भएकाले अहिले दैनिक एक सय जना हाराहारीमा विदेशी पर्यटक खुम्बु पुग्ने गरेका पर्यटक प्रहरी कार्यालय नाम्चेले जनाएको छ । बिजुली नहुँदा सञ्चार सेवा पनि ठप्प भएकाे र एटीएम सेवासमेत प्रभावित बनेको इलाका प्रहरी कार्यालय नाम्चेका प्रहरी निरीक्षक कविन राईले बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया