एमालेले आफूहरूकाे माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई दियाे ३ दिनकाे समय

 फागुन ११, २०८० शुक्रबार १८:२६:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – नेकपा एमालेले आफूहरूले उठाएको माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई तीन दिनकाे समय दिएको छ ।

आज विपक्षी दलहरूको अवरोधका कारण स्थगित भएको संसद पुनः शुरु भएपछि विशेष समय लिएर बाेल्दै एमाले सचेतक महेश बर्तौलाले अर्को बैठकमा सरकारले जवाफ दिनुपर्ने बताउनुभएको हो । संसद्को अर्को बैठक पर्सि आइतवार बिहान ११ बजेका लागि तोकिएको छ ।

एमालेले बालकुमारी घटनाको जाँचबुझ आयोगले दोषी देखाएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा मागेको छ । एमालेले ज्वालासँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बस्नेतको समेत राजीनामा माग गरेको छ ।

एमाले सचेतक बर्तौलाले संसद्को आउँदो बैठकमा मन्त्रीहरूलाई बर्खास्त गरेर आएको छु भन्ने जवाफसहित आउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।

यसअघि आजको बैठकमा नेपाली कांग्रेसका सांसद राजन केसीले विधेयक प्रस्तुत गर्ने बेला गणपूरक सङ्ख्या नपुगोस् भनेर विपक्षी दलका सांसद बाहिर गएको आरोप लगाएपछि एमालेले विरोध गरेको थियो । जसका कारण बैठक स्थगित भएर पुनः शुरु भएको हो ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया