बाग्लुङको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र अब प्रदेशस्तरकाे अस्पताल बन्ने

 फागुन १३, २०८० आइतबार १५:२०:२० | रासस
unn.prixa.net

बाग्लुङ – बाग्लुङको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र अब प्रदेशस्तरको अस्पतालमा स्तरोन्नति हुने भएको छ । २०६४ सालमै स्वास्थ्य मन्त्रलायले निर्णय गरेर बुर्तिबाङ स्वास्थ्य केन्द्रलाई जिल्लास्तरीय अस्पताल बनाउने निर्णय गरे पनि कार्यान्वयन भएको थिएन । अब भने प्रदेशस्तरकै अस्पताल बन्ने भएको हो ।

गण्डकी प्रदेश सरकारको सिफारिसमा सङ्घीय सरकारको यही फागुन ६ गतेको मन्त्रिपरिषद्को बैठकको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेशस्तरीय ५० शय्याको अस्पताल बनाउने निर्णय गरिसकेको छ ।

पश्चिम बाग्लुङको व्यापारिक केन्द्रका रूपमा परिचित बुर्तिबाङ बजारमा सुविधायुक्त अस्पतालको अभाव हुँदा हजारौँ नागरिक पाल्पा, पोखरा र काठमाण्डाै पुग्नुपर्ने बाध्यतामा छन् ।

१६ वर्ष अगाडि जिल्ला अस्पताल बनाउने निर्णय गरी ३२ करोड रुपैयाँको लागतमा संरचना निर्माण भए पनि स्वास्थ्य केन्द्रले अहिले २५ शय्यासहितको सेवा दिइरहेको छ ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया