इंग्लिस प्रिमियर लिग फुटबलमा आज सात वटा खेल हुँदै
मंसिर ८, २०८१ शनिबार
चितवन – चितवनको भरतपुर महानगरपालिका–१ ठिमुराको चितवन मिल्क उद्योगमा ७५ करोड रुपैयाँ बराबरको दूध र घिउ थन्किएको छ ।
उद्योगका प्रबन्धक दुर्गा पराजुलीले दूध ल्याएका संस्थाले प्रशोधित दुग्धजन्य पदार्थ बिक्री नभएर लैजान छाडेपछि भण्डारमा थन्किएको जानकारी दिनुभयो । पाँच सय टन नौनी घिउ भण्डारमा रहेको भन्दै उहाँले उद्योगमा तीन सय र ५०/५० टनका तीन वटा चिस्यान केन्द्र तथा तिनका चार वटा प्यासेज घिउले भरिएका बताउनुभयो ।
प्रशोधन गरिएको नौनी घिउ र धुलो दूध बिक्री नभएर भण्डारण गर्ने ठाउँ नभएपछि उद्योग माघ २२ गतेदेखि बन्द भएको हो । उद्योग बन्द भए पनि मासिक झन्डै १६ लाख रुपैयाँको बिजुली र १० लाख रुपैयाँ हाराहारीको डिजेल खर्च हुने गरेको उहाँले जानकारी दिनुभयो ।
पराजुलीका अनुसार प्रशोधित दूध बिक्री नहुँदा किसानले भुक्तानी पाएका छैनन् भने उद्योगले प्रशोधन शुल्क पाउन सकेको छैन । डेरी उद्योग र सहकारीलाई सामान लैजान ताकेता गरिरहेको भए पनि नलगेपछि उद्योग सञ्चालन गर्नै नसकेर बन्द गरिएको उहाँले बताउनुभयो ।
अहिले मिल्क उद्योगमा ३१ वटा डेरी, निजी फर्म र सहकारीको दूध भण्डार भएर बसेको छ । उत्पादित सामग्री बिक्री हुन नसकेपछि उद्योग आर्थिकरूपमा समेत समस्यामा परेको छ । प्रशोधनसमेत रोकिएपछि 'मिल्क होलिडे' को सम्भावना बढेर गएको भन्दै किसान चिन्तित छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।