भारतीय गजल गायक उदासकाे निधन

 फागुन १५, २०८० मंगलबार ६:३४:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतीय गजल गायक पङ्कज उदासको ७३ वर्षको उमेरमा निधन भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार हिजो बिहान ११ बजे मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उदासकाे निधन भएको हो ।

उहाँलाई केही महिनाअघि क्यान्सर भएको थियो । भारतीय सिनेमा र पप सङ्गीतमा उहाँको योगदान धेरै रहेको पाइन्छ । सन् १९८० मा रिलिज भएको एल्बम ‘आहत’बाट उहाँ चर्चित हुनुभएको थियो । उहाँले सन् २००६ मा पद्मश्री पुरस्कार प्राप्त गर्नुभएको थियो । उहाँको गजल ‘चिठी आई है’ र चलचित्र ‘मोहरा’मा उहाँले साधना सरगमसँग मिलेर गाएको गीत ‘ना कजरेकी धार’ प्रख्यात  छन् । उहाँका मुकरार, तरन्नुम र मेहफिल जस्ता थुप्रै प्रख्यात गीत छन् ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया