बर्दियामा आगलागीमा परि एक जनाको ज्यान गयो

 फागुन १८, २०८० शुक्रबार १२:४०:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

बर्दिया - बर्दियाको भुरीगाउँ गुलरिया हुलाकी सडकखण्डमा पर्ने ठाकुरबाबा नगरपालिका ४ मैनवारमा गएराति गोठमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ ।

आगलागी हुँदा गोठभित्र रहेका पशुचौपाया निकाल्ने क्रममा ५८ वर्षिय लक्षिराम जैशीको गोठभित्रै आगोमा जलेर ज्यान गएको मेयर तिलकराम लम्सालले जानकारी दिनुभयो ।

गोठमा भएको आगलागी निभाउने क्रममा उहाँको शव पूर्ण रुपमा जलेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया