लम्पी स्किन र हावाहुरीबाट प्रभावित किसानलाई बाग्लुङकाे तमानखाेलाले राहत दिन थाल्याे

 फागुन १९, २०८० शनिबार १५:३३:२४ | रासस
unn.prixa.net

बाग्लुङ – तमानखोला गाउँपालिकाले पशुहरूमा लाग्ने लम्पी स्किन रोग र हावाहुरीबाट प्रभावित किसानलाई राहत दिन थालेको छ ।

गएको असारमा फैलिएको लम्पी स्किन रोगबाट दुई सय ९५ वटा पशुचौपाया मरेका थिए । यस्तै भदौ १८ गतेको हावाहुरीले सात सय रोपनी क्षेत्रफलमा लगाएको मकै बाली नष्ट भएको थियो ।

गाउँपालिकाले लम्पी स्किन सङ्क्रमणबाट मरेका प्रतिपशुको दुई हजार पाँच सय रुपैयाँ र हावाहुरीबाट क्षति बेहाेरेका प्रतिकिसानलाई एक/एक मुरी मकै उपलब्ध गराउन थालेको पशु शाखा प्रमुख यामकुमारी घर्तीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया