इटहरीमा आगलागीमा परी एक महिलाको ज्यान गयो

 फागुन २०, २०८० आइतबार १२:९:५७ | रासस
unn.prixa.net

काठमाण्डौ – सुनसरीको इटहरीमा आगलागीमा परी एक जनाको ज्यान गएको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर ६ का ५२ वर्षकी गोपीमाया कटुवालको ज्यान गएको  सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।

स्थानीय विष्णु खड्काको घरमा गएराति भएको आगलागीमा कटुवालको ज्यान गएको हो । छोरा–बुहारीसँग डेरामा बस्दै आउनुभएकी कटुवाल सुतेको कोठाका झ्यालढोका भित्रबाट बन्द रहेकोले आफैँले आगो लगाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया