रुसलाई ब्यालेस्टिक मिसाइल पठाए इरानमाथि नयाँ प्रतिबन्ध लगाउने चेतावनी

 चैत ३, २०८० शनिबार १०:३१:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – जी–७ देशले युक्रेनमा प्रयोग गर्न तेहरानले रुसलाई ब्यालेस्टिक मिसाइल पठाएमा इरानमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । जी–७ समूहमा अमेरिका, जापान, जर्मनी, फ्रान्स, बेलायत, इटाली र क्यानडा रहेका छन् ।

रुसलाई ब्यालेस्टिक मिसाइल वा सम्बन्धित प्रविधि प्रदान गर्न इरान अगाडि बढेको खण्डमा इरानमाथि नयाँ र महत्त्वपूर्ण उपायसहित जवाफ दिन तयार रहेको उनीहरुको चेतावनी छ । इरानले रुसलाई ब्यालेस्टिक मिसाइल बिक्री गर्ने निर्णय गरे त्यसको मूल्य लाभभन्दा धेरै असर भोग्नुपर्ने हुनसक्ने अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले बताएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ ।

इरानसँग रुसी सेनालाई सहयोग बन्द गर्न आह्वानसहित चिनियाँ व्यवसायीले हतियार र सैन्य उपकरणहरू मस्कोमा हस्तान्तरण गरेकोमा पनि चिन्ता व्यक्त गरिएको छ ।
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया