सन् २०५० सम्ममा देशलाई क्षयरोगमुक्त घोषणा गर्ने सरकारको लक्ष्य

 चैत ९, २०८० शुक्रबार ९:२८:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – सरकारले सन् २०५० सम्ममा देशलाई क्षयरोगमुक्त घोषणा गर्ने लक्ष्य लिएको छ । राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. प्रज्ज्वल श्रेष्ठले क्षयरोगमुक्त नेपाल अभियानअन्तर्गत अहिले एक सय २५ पालिकामा क्षयरोगको पहिचान, निदान र उपचार सेवामा सुधार गरिएको जानकारी दिनुभयो ।

अभियान क्रमशः सात सय ५३ वटै पालिकामा लागू गरिने निर्देशक श्रेष्ठकाे भनाइ छ । उहाँका अनुसार गएको आर्थिक वर्षमा २५ वटा पालिकाबाट शुरु गरिएको यो अभियान चालु आर्थिक वर्षमा थप एक सय वटा पालिकामा शुरु गरिएको हो । समुदायको सक्रियतामा सन् २०५० सम्ममा क्षयरोगमुक्त नेपाल बनाउने र क्षयरोगको निदान उपचारमा लाग्ने आर्थिक व्ययभारलाई शून्यमा झार्ने लक्ष्य लिएको उहाँले बताउनुभयो ।

सरकारले सन् २०३५ अर्थात् अबको ११ वर्षसम्म क्षयरोगको महामारी अन्त्य गर्ने लक्ष्य लिएको छ । अहिले प्रति एक लाखमा दुई २९ जना क्षयरोगी छन् । क्षयरोगका बिरामीमध्ये ७२ प्रतिशत फोक्सोका बिरामी र २८ प्रतिशत अन्य अङ्गका बिरामी हुने गरेका छन् । अन्य अङ्ग फोक्सोको पानी, हड्डी र दिमागमा पनि क्षयरोग लाग्ने गरेको डा. श्रेष्ठले बताउनुभयो ।

क्षयरोग माइक्रोब्याक्टेरियम ट्युबरक्लोसिस नामक जीवाणुको सङ्क्रमणका कारण हुने सङ्क्रमणजन्य सरुवा रोग हो । क्षयरोग भएका बिरामीले खोक्दा, हाछ्युँ गर्दा कीटाणु निरोगी मानिसको सम्पर्कमा आएमा रोग सर्ने जोखिम हुन्छ । तौल कम हुनु, खानामा रुचि कम हुनु, दुई हप्ताभन्दा बढी समय एकनासले खोकी लाग्नु, राति ज्वरो आउनु क्षयरोगका प्रमुख लक्षण हुन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया