मिथिला माध्यमिकी परिक्रमा आज सकियो

 चैत १२, २०८० सोमबार १२:०:३२ | रासस
unn.prixa.net

तस्बिर : रासस

धनुषा – यसवर्षको मिथिला माध्यमिकी परिक्रमा आज सकिएको छ । मिथिलाको महाकुम्भ भनिने १५ रात १६ दिनको यो यात्रा आज जनकपुरधामको अन्तर्गृह परिक्रमा गरिएसँगै समापन भएको हो । जनकपुरधामलाई केन्द्रमा पारेर एक सय ३३ किलोमिटरको वृत्तमा खाली खुट्टाले हिँडेर गरिने यो यात्रा अन्तर्गृह परिक्रमापछि सकिएको छ ।

जनकपुरका राम जानकी मन्दिर, धार्मिक महत्वका तलाउ, विभिन्न मठमन्दिर र रङ्गभूमिलाई माझमा पारेर जनकपुरधामको पाँच कोश दूरीको वृत्तमा गरिने परिक्रमालाई अन्तर्गृह अर्थात् पञ्चकोशी परिक्रमा भनिन्छ । मध्यमा (माध्यमिकी) परिक्रमाका यात्रीले १६ औँ दिन अर्थात आज यो यात्रा पूरा गरेका छन् ।

मध्यमा परिक्रमामा सहभागी हुन नसकेका श्रद्धालु पनि अन्तर्गृहमा सहभागी भएका छन् । यस यात्रामा एक लाखभन्दा बढी सहभागी भएका बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् (कोष)ले जनाएको छ । परिक्रमाका सहभागीले होलीका दहन गरिएको खरानी अर्थात धुरा उडाउँदै फागु खेलिरहेका छन् ।

मिथिलाको मध्यमा परिक्रमा अन्तर्गत धुरा उडाएको भोलिपल्ट फागु खेल्ने चलन छ । यसअनुसार मिथिलामा आज र भोलि दुवै दिन होरी अर्थात होली खेलिने साहित्यकार डा राजेन्द्रप्रसाद विमलले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया