बाग्मती प्रादेशिक ललितकला प्रदर्शनी शुरु

 चैत १३, २०८० मंगलबार ९:४१:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – काठमाण्डौमा ‘बाग्मती प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ चलिरहेको छ । हिजोदेखि शुरु भएको प्रदर्शनी आउँदो शुक्रवारसम्म चल्नेछ । यो प्रदेशस्तरीय प्रदर्शनीको अन्तिम कायर्यक्रम हो । यसअघि ६ वटा प्रदेशमा प्रादेशिक प्रदर्शनी सम्पन्न भएका छन् ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले नेपालको संविधान २०७२ अनुसार रही प्रतिष्ठानले पहिलोपटक सातै प्रदेशमा ‘प्रादेशिक ललितकला प्रदर्शनी’ गर्ने सिलसिलामा ६ वटा प्रदेशमा प्रदर्शनी सकेर हिजोदेखि बाग्मती प्रदेशमा शुरु गरेको बताउनुभयो । उहाँले प्रतिष्ठानले गरेको यो अभ्यासले प्रदेशको मौलिक, रैथाने कलालाई संरक्षण तथा प्रवद्धन गर्न थप सहयोग पुगेको बताउनुभयो ।

प्रदर्शनीमा समसामयिक चित्रकला/मूर्तिकला, परम्परागत चित्रकला/मूर्तिकला, लोककला, हस्तकला, वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कलालगायतका विभिन्न विधाअन्तर्गतका २ सय १० जना कलाकारका २ सय ४१ कलाकृति राखिएको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया