इसाई धर्मावलम्बीले धुमधामका साथ मनाए क्रिसमस
पुस १०, २०८१ बुधबार
कतार - वैदेशिक रोजगारीका क्रममा विगत १३ वर्षदेखि कतारमा कार्यरत साँगुरीगढी गाउँपालिका–३, धनकुटाका ललितबहादुर लिम्बूको आइतबार दिउँसो पौडी खेल्ने क्रममा समुद्रको छालमा परेर ज्यान गएको छ ।
बकर इदको बिदा मनाउन अलखोरको समुन्द्रमा पौडी खेल्ने क्रमा छालले तानेर गहिराई तिर लैजादा लिम्बूको ज्यान गएको हो ।
ललितसँगै एउटै कम्पनीमा कार्यरत अरु १३ जना पौडिन गएका थिए । समुद्री छालले लिम्बूसँगै अरु दुई जनालाई पनि लगेको भए पनि उनीहरु पौडिएर निस्कन सफल भएका थिए ।
ललितको शव अहिले अल्खोर अस्पतालमा राखिएको छ । कतारमा धनकुटा सेवा समाजको पूर्वअध्यक्ष एवं वर्तमान प्रमुख सल्लाहकार रहनुभएका लिम्बू अन्य विभिन्न सामाजिक संस्थामा पनि सक्रिय हुनुहुन्थ्याे ।
उहाँको निधनले नेपाली समुदायमा क्षति पुगेको भन्दै धनकुटा समाजका महासचिव रवीन मगरले शोक वक्तव्य जारी गरदै चाँडै नै शव नेपाल पठाउन दूतावाससँग समन्वय भइरहेको जानकारी दिनुभयाे ।