दुबई बस दुर्घटनामा परि ज्यान गुमाउने नेपाली नागरिकको संख्या ६ पुग्यो

 असोज १३, २०७६ सोमबार २०:२५:४१ | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई – यूएईको दुबईमा भएको बस दुर्घटनामा परि ज्यान गुमाउने नेपाली नागरिकको संख्या ६ पुगेको छ ।

ज्यान जाने नेपालीहरुमा रमेश चाैधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पाेखरेल, दीपक विक र नयराम साउद रहेकाे  यूएईस्थित नेपाली दूतावासका श्रम काउन्सुलर भेषबहादुर कार्कीले  जानकारी दिनुभयो ।

दुर्घटनामा परि ज्यान गुमाउने नेपालीहरुकाे नेपालस्थित ठेगाना भने खुलेकाे छैन ।

फर्स्ट सेक्युरेटी कम्पनीमा काम गर्ने सुरक्षा कामदार बोकेको मिनिबस सोमबार दुबईको शेख मोहमद विन जाहेद सडकमा लरीमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा ६ जना नेपाली नागरिकसहित ८ जनाको ज्यान गएको हो । ज्यान जानेमा एक पाकिस्तानी नागरिक र एक भारतीय नागरिक रहेका छन् ।

दुबई प्रहरीका अनुसार घाइतेमध्ये ५ भारतीय र एक जना बंगलादेशी नागरिक छन् ।  घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको र सबैलाई उपचारको लागि दुबईमा रहेको अल रसिद अस्पतालमा पुर्‍याइएको छ ।

दुर्घटनामा ज्यान गुमाउने नेपाली नागरिकका बारेमा थप जानकारी लिने प्रयास भैरहेको श्रम काउन्सुलर भेषबहादुर कार्कीले  जानकारी दिनुभयो ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

2 Comments

तपाईको प्रतिक्रिया