कतारमा काम बन्द भएका कम्पनीले पनि श्रमिकको खाने, बस्ने व्यवस्था गर्नुपर्ने

 बैशाख ४, २०७७ बिहिबार १८:५१:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कतार सरकारले कोरोनाका कारण बन्द भएका कम्पनीले श्रमिकको खाने बस्ने सुविधा कटाउन नपाउने नियम ल्याएको छ ।

कोरोना रोकथामका लागि सरकारी निर्देशन अनुसार बन्द भएका कम्पनीले दीर्घकालीन निरन्तरताका लागि श्रमिकलाई बेतलबी बिदा दिन, वार्षिक बिदामा राख्न र काम गर्ने समय घटाउन सक्ने तर खाने, बस्ने सुविधा भने भने कटौती गर्न नपाइने निर्णय गरेको हो ।

काम बन्द नभएका क्षेत्रका श्रमिकलाई भने नियमित रुपमा करार सम्झौता अनुसार नै आधारभुत तलब सुविधा उपलब्ध गराउन पर्ने कतार सरकारको प्रशासनिक विकास, श्रम तथा सामाजिक सुरक्षा मामिला मन्त्रालयले जनाएको छ ।

क्वारेण्टीनमा परेका र सङ्क्रमित भई उपचारमा रहेको श्रमिकले भने बिरामी बिदा उवलब्ध भए पनि, नभए पनि आधरभूत तलब सुविधा पाउनेछन् ।

तर अहिलेको करार सम्झौताको आधारमा कतारको कानुन अनुसार रोजगारदाताले श्रमिकलाई पूर्व सूचना दिएर करार सम्झौता रद्द गर्न सक्नेछन् । तर यसो गर्दा श्रमिकले पाउनुपर्ने बाँकी तलब र सुविधासहित हवाई टिकटसमेत उपलब्ध गराउनुपर्ने नियम छ ।

तर करार सम्झौता रद्द गरिएका श्रमिकको हकमा पनि देश फर्कने प्रक्रिया पूरा नहुँदासम्म खानेबस्ने सुविधा रोजगारदाताले नै उपलब्ध गराउनुपर्नेछ ।

श्रम मन्त्रालयले बुधबार गरेको वर्तमान सङ्कटमा करार सम्बन्धको नियमन सम्बन्धी वक्तव्यमा यी नियम उल्लङ्घन गर्ने कम्पनीलाई कारबाही हुने जनाइएको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।

तपाईको प्रतिक्रिया