विश्वका प्रेरणादायी महिलाको सूचीमा नेपालकी बोनिता शर्मा

 असोज २९, २०७६ बुधबार १०:१७:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विश्वका प्रेरणादायी १ सय महिलाको सूचीमा नेपालकी बोनिता शर्मा पर्न सफल हुनुभएको छ । 

ब्रिटिस बोर्डकास्टिङ कर्पोरेशन (बीबीसी) ले हरेक वर्ष विश्वका प्रेरणादायक १ सय महिलाको सूची सार्वजनिक गर्ने गरेको छ । यो वर्ष यो सूचीमा महिला सशक्तिकरण र पोषणको क्षेत्रमा योगदान पुर्‍याएवापत नेपालकी बोनिता शर्मा १ सय महिलाको सूचीमा अटाउनुभएको हो । 

शर्मा सोसियल चेन्ज मेकर एण्ड इनोभेटर्स (सोचाइ) संस्थाकी संस्थापक हुनुहुन्छ । उहाँ नेतृत्वको संस्थाले महिला सशक्तीकरणका साथै पोषणका क्षेत्रमा काम गर्दै आइरहेको छ ।

उहाँ र उहाँको संस्था (सोचाइ)ले यसै वर्ष ‘लिड २०३० च्यालेन्ज’ पुरस्कारसमेत हात पारेको थियो ।

विश्वभरका युवाले दिगो विकास लक्ष्यको प्रगतिका लागि गरिरहेका कामको खोजी गर्ने क्रममा १ सय देशका १ हजार २ सय प्रतिस्पर्धीलाई उछिन्दै सोचाइ पुरस्कृत भएको हो । सोचाइले ५० हजार अमेरिकी डलर पुरस्कार जितेको थियो ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया