निर्मला हत्या प्रकरण : थप चार जनाको डीएनए रिपोर्ट पनि मिलेन

 कात्तिक ३०, २०७५ शुक्रबार १३:१:३१ | दुर्गा उपाध्याय

कञ्चनपुर – निर्मला पन्तको बलात्कारपछि भएको हत्याको अनुसन्धानका क्रममा डीएनए परीक्षणका लागि पठाइएका थप चार जनाको रिपोर्ट नेगेटिभ आएको छ । 

प्रहरीको विधिविज्ञान प्रयोगशालाले पठाएको रिपोर्टमा चारै जनाको डीएनए रिपोर्ट नेगेटिभ आएको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानका क्रममा शंकाको घेरामा परेका थप ४ जनाको डीएनए पनि नमिलेको कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले बताउनुभयो । 

प्रहरीले शंकाको घेरामा परेका चार जनाको कात्तिक १३ गते डीएनए नमुना संकलन गरी परीक्षणका लागि काठमाडौं पठाएको थियो । प्रहरीको विधिविज्ञान प्रयोगशालाबाट आएको डीएनए रिपोर्ट निर्मलाको स्वाबमा रहेको डीएनएसँग म्याच नभएको उहाँले अनुसन्धानका क्रममा थप अरु कसैमाथि शंकाको अवस्था आए फेरि पनि डीएनए परीक्षण गर्न सकिने उहाँले बताउनुभयो । 

यसअघि, प्रहरीले तत्कालीन एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र मेयरका भतिजा आयुष विष्टको डीएनए परीक्षण गर्दा मेल खाएको थिएन भने दिलिपसिंह विष्ट र चक्रदेव बडुको समेत डीएनए मेल खाएको थिएन । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया