बराेडासँगकाे खेलमा नेपाल टस हारेर ब्याटिङ गर्दै

 चैत २०, २०८० मंगलबार १४:४६:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतमा चलिरहेकाे एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेट शृङ्खलाअन्तर्गत बराेडासँग खेलमा नेपालले टस हारेकाे छ । गुजरातकाे वापीमा टस जितेर बराेडाका कप्तानले बलिङ राेजेपछि नेपालले अहिले ब्याटिङ गरिरहेकाे छ ।

आजकाे खेलमा नेपालले गएकाे आइतवार गुजरातसँग खेलकाे टाेलीलाई नै निरन्तरता दिएकाे छ । त्याे खेल नेपालले ८ विकेटले जितेकाे थियाे । टी–२० क्रिकेट शृङ्खलामा भाेलि नेपाल र गुजरात तथा चैत २३ गते नेपाल र बरोडाबीच खेल हुनेछ । फाइनल खेल चैत २५ गते हुनेछ ।

यस्ताे छ नेपाली टाेली–

राेहित पाैडेल (कप्तान), आसिफ शेख (विकेटकीपर), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जाेरा, अनिल साह, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, करण केसी, साेमपाल कामी र अविनाश बाेहरा ।।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया