नेपालले दियाे बराेडालाई १ सय ५७ रनकाे लक्ष्य

 चैत २०, २०८० मंगलबार १६:२७:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतमा चलिरहेकाे एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेट शृङ्खलामा नेपालले बराेडालाई १ सय ५७ रनकाे लक्ष्य दिएकाे छ ।

गुजरातकाे वापीमा टस हारेर ब्याटिङ गरेकाे नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनायाे । नेपालका कुशल मल्लले सबैभन्दा धेरै नट आउट ४२ रन बनाए । यस्तै सन्दीप जाेराले २९ रन बनाए । बलिङतर्फ बराेडका बाबा खानले २ विकेट लिए ।

टी–२० क्रिकेट शृङ्खलामा भाेलि नेपाल र गुजरात तथा चैत २३ गते नेपाल र बरोडाबीच खेल हुनेछ । फाइनल खेल चैत २५ गते हुनेछ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया