टी–२० शृङ्खलामा नेपालले आज गुजरातसँग खेल्दै

 चैत २१, २०८० बुधबार १०:१५:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – भारतमा जारी एसएमएस फ्रेन्डसिप कप टी–२० त्रिकोणात्मक शृङ्खलामा नेपालले आज गुजरातसँग खेल्दैछ । गुजरातको वापीमा रहेको साई मेघपन मैदानमा खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे शुरु हुनेछ । हिजोको खेलमा नेपालले भारतको बरोडालाई २७ रनले हराएको थियो ।

यसअघि गुजरातले बरोडालाई पाँच विकेटले हराएको थियो । नेपालले आफ्नो पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको थियो । टी–२० क्रिकेट शृङ्खलामा पर्सि शुक्रवार नेपाल र बरोडाबीच खेल हुनेछ ।

फाइनल खेल आउँदो २५ गते आइतवार  हुनेछ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया