पहिरोले नहर भत्काएपछि जुम्लामा बिजुली आपूर्ति बन्द

 चैत २७, २०८० मंगलबार १३:३८:१९ | रासस
unn.prixa.net

साङ्केतिक तस्बिर

जुम्ला – जुम्लाको डिल्लीचौर जलविद्युत् आयोजनामा पहिरोले नहर भत्काएपछि बिजुलीको आपूर्ति बन्द भएको छ । विद्युत् उत्पादनका लागि पानी बग्ने नहर पहिरोले भत्काएपछि बिजुली आपूर्ति बन्द हुँदा उपभोक्ता अन्धकारमा बस्न बाध्य छन् ।

बिजुली अवरुद्ध हुँदा पातारासी पालिकाका–४, ५ र ६ वडाका झण्डै आठ सय घरधुरी प्रभावित भएका छन् भने सरकारी निकाय, बैंक तथा वित्तीय संस्थालाई पनि समस्या भएको छ । २५ मिटर नहर पहिरोले भत्काएको छ ।

गएको असारमा पहिरोले नहर चर्किएको तर समयमै मर्मत नभएपछि शनिवारदेखि पूर्णरूपमा बिजुली सेवा अवरुद्ध भएको विद्युत् सहकारीका अध्यक्ष कृष्णबहादुर बुढाले बताउनुभयो । भत्केको नहर मर्मत गर्न छ लाख रुपैयाँ बजेट आवश्यक पर्ने प्राविधिकले बताएका छन् । डिल्लीचौर विद्युत् आयोजनाको नहर मर्मत गर्न पालिकाबाट तीन लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

तत्काल नहर मर्मत गरेर बिजुली आपूर्तिको पहल थालिएको पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया