पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
बाँके – नेपालगञ्ज–गुलरिया सडकखण्ड अन्तर्गत नेपालगञ्जबाट सात किलोमिटर पश्चिम खजुरा एक नम्बरबाट झण्डै ५०० मिटर उत्तरमा एउटा माटोको घर छ ।
गएको वर्षको वर्षाले पछाडिपट्टि भत्काइदिएपछि अहिलेसम्म पनि खरले बारेर पानी छेक्ने बनाइएको छ । यही घरमा बसेर माध्यमिक शिक्षा गाउँकै ज्ञानोदय नमुना माविबाट पूरा गरेकी प्रतिमा शर्माले त्रिभुवन विश्व विद्यालयबाट पूर्ण छात्रवृत्तिमा एमबीबीएसमा नाम निकाल्न सफल भएपछि यतिबेला उनलाई हौसला दिँदै सहयोग जुट्ने क्रम जारी छ ।
खजुरा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष सुमन मल्लले आफ्नो तीन महिनाको तलब एक जेहेन्दार विद्यार्थीको अध्ययनका लागि सहयोग गर्नुभएको छ ।वडाध्यक्ष मल्लले साउनदेखि असोज महिनासम्मको गरी तीन महिनाको तलब ५९ हजार ४०० रुपैयाँ शुक्रबार हस्तान्तरण गर्नुभयो । प्रतिमाका बुवा मदन ढुङ्गाना र आमा सीतादेवीले छोरीलाई सबैतिरबाट प्राप्त सहयोगले एमबीबीएस पढाउन सकिएको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो ।
शर्माले पूर्ण छात्रवृत्तिमा नाम निकालेको भए पनि सुरुमा करिब चार लाख रुपैयाँ शुल्क बुझाउनुपर्ने बताउनुभयो । एमबीबीएस अध्ययन पूरा गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । कमजोर आर्थिक अवस्था भएका शर्माको परिवारसँग त्यति रकम नभएपछि स्थानीय बासिन्दा सहयोग संकलनमा जुटेका छन् ।
सहयोग अभियानको नेतृत्व गरिरहेका खजुरा गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तिलकवीर सुनारले करिब तीन लाख रुपैयाँ संकलन भइसकेको र अरु सहयोग जुट्ने क्रममा रहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।