आईपीएल क्रिकेटमा आज कोलकाता र लखनउ तथा मुम्बई र चेन्नई खेल्दै

 बैशाख २, २०८१ आइतबार ९:५९:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेल कोलकत्ता नाइट राइडर्स र लखनउ सुपर जाइन्ट खेल्दैछन् । यो खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे इडेन गार्डेनमा शुरु हुनेछ ।

कोलकत्ता ४ खेलमा तीन जितसहित तालिकाको दोस्रो स्थानमा छ । लखनउले ५ खेलमा तीन वटा जितेको छ । लखनउ तालिकाको चौथो स्थानमा छ । आजको दोस्रो खेलमा मुम्बई इण्डियन्स र चेन्नई सुपर किंग्स बेलुका पौने ८ बजे खेल्दैछन् । यो खेल मुम्बईको घरेलु मैदान वान्खडेमा हुनेछ । मुम्बई ५ खेलमा दुई जितसहित तालिकाको सातौँ स्थानमा छ । चेन्नई ५ खेलमा तीन जितसहित तालिकाको तेस्रो स्थानमा छ ।

गएराति भएको खेलमा पञ्जाबलाई हराएको राजस्थान रोयल्स ६ खेलमा ५ जितसहित तालिकाको शीर्ष स्थानमा छ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया