रारा अल्ट्रा म्याराथनको उपाधि पुरुषतर्फ धिर बुढा र महिलातर्फ प्रिया राइलाई

 बैशाख २, २०८१ आइतबार १२:४९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

जुम्ला – जुम्ला रारा अल्ट्रा म्याराथन प्रतियोगिताकाे पुरुषतर्फकाे उपाधि धिर बुढाले जितेका छन् । जुम्लादेखि मुगुको रारातालसम्म ४९ किलोमिटर दौडमा कनकासुन्दरी गाउँपालिका– १ का धिर बुढा पहिलो भएका आयोजकले जनाएको छ ।

कर्णाली स्पोर्टस् क्लब जुम्लाद्वारा आयोजित पाँचौँ संस्करणको म्याराथनमा तातोपानी गाउँपालिका–७ का दल कुवर दोस्रो र कनकासुन्दरी–३ का शेरबहादुर बुढा तेस्रो भएका आयोजक क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिनुभयो ।

४९ किलोमिटरकै महिलातर्फको दौडमा खोटाङकी प्रिया राई पहिलो, जुम्लाको गुठिचौर गाउँपालिकाकी राज्यलक्ष्मी रावत दोस्रो, तिला गाउँपालिकाकी अनिता बुढा तेस्रो भएका छन् ।

महिला र पुरुष दुवैतर्फ पहिलो हुने धावकले एक लाख, दोस्रो हुनेले ७५ हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । म्याराथनमा स्वदेशी र विदेशी गरी ८० जना धावक सहभागी थिए ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया