इङ्ग्ल्यान्ड 'सी' सँगको मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोली घोषणा

 बैशाख २, २०८१ आइतबार १५:१३:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एन्फा

काठमाण्डाै – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले इङ्ग्ल्यान्डको ‘सी’ टोलीसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । मैत्रीपूर्ण फुटबलका लागि मुख्य प्रशिक्षक अल्बर्टाे एनिसले २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका छन् ।

नेपाल र इङ्ग्ल्यान्डबीचको मैत्रीपूर्ण फुटबल आउँदो मे महिनामा इङ्ग्ल्यान्डमा हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

नेपाली टोलीको गोलकिपरमा अभिषेक बराल, विशाल सुनार, किरण चेम्जोङ र सन्तोष महत रहेका छन् । डिफेन्डरमा अभिषेक लिम्बु, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई, अजय चौधरी र योगेश गुरुङ परेका छन् ।

यस्तै मिडफिल्डरमा भरत खवास, लेकेन लिम्बु, मनीकुमार लामा, मनिष डाँगी, उत्सव राई, फत्तेमान घले र रोहन कार्कीको नाम परेको छ । साथै फरवार्डमा अञ्जन विष्ट, दिनेश हेन्जन, जिलेस्पीजङ्ग कार्की, हिशुब थपलिया, समिर तामाङ, सञ्जीव विष्ट र राजेश परियार रहेका छन् ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया