ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
सुनसरी – सरकारले रुग्ण स्वादेशी कपडा उद्योग संरक्षणमा ध्यान नदिएको भन्दै आजबाट देश भरका कपडा उद्योग बन्द भएकाे नेपाल कपडा उद्याेग संघले जानकारी दिएकाे छ ।
सरकारले दिँदै आएको भ्याट फिर्ताको सुविधा आर्थिक ऐन ल्याएर खारेज गरेको, भारतीय बजारबाट भन्सार छलेर कपडा नेपाल भित्रिरहँदा पनि सरकारले केही नगरेको भन्दै उद्योगीहरुले नेपालका कपडा उद्योग बन्द गर्ने जनाएका हुन् ।
कपडा उद्योग सरकारलाई दवाव दिन सात दिनका लागि बन्द गरिएको उद्योगीहरुले बताएका छन् । सात दिनसम्म पनि कपडा उद्योग संरक्षण गर्न सरकारले चासो नदिए अनिश्चितकालीन बन्द गर्ने नेपाल कपडा उद्योग संघले जनाएको छ ।
संघले देशभरमा रहेका टेक्सटाउस र झूल उद्योगहरु बन्दको आब्हान गरेको हो । संघको आब्हान अनुसार देशभरका कपडा र झूल उद्योग बन्द मजदुरको दैनिकी प्रभावित भएको छ । यसअघि सरकारले स्वादेशी कपडा उद्योगसँग लिँदै आएको भ्याट फिर्ता गर्दै आएको थियो । तर अहिले भने त्यो व्यवस्था खारेज भएको छ ।
यस्तै विदेशी बजारबाट भ्याट छलेर नेपाल भित्रिएका कपडाबारे सरकारले कडाइ नगरेकाले बाध्य भएर सरकारविरुद्ध आन्दोलनमा उत्रिनु परेको सुनसरीमा रहेको प्रगति टेक्सटायलका सञ्चालक जितेन्द्र लौहियाले बताउनुभयो ।
‘हामीले पटक–पटक सरकारसँग वार्ता गर्यौ तर कपडा उद्योगीको मागका विषयमा सरकारले ध्यान दिएन’, उहाँले भन्नुभयो, ‘२० औं अर्बको लागानी भएको स्वादेशी कपडा उद्योगहरु विदेशी कपडासँग प्रतिस्पर्धा गर्न नसकेर बन्द हुने अवस्थामा आएपछि शुरुमै बन्द गरेका छौं । सरकारको ध्यान जाओस ।’
देशभरमा कपडाजन्य उद्योग ३ सय ५० को हराहारीमा रहेको संघले जानकारी दियो । ती उद्योगमा ५० हजारभन्दा बढी मजदुर काम गरिरहेको संघको तथ्यांक छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोका सुनसरी सहकर्मी सुमन पुरी सप्तकोशी एफएम सुनसरीमा पनि काम गर्नुहुन्छ।