भाेजपुरमा भाइटिकाकै दिन दिदीको ज्यान लिने युवक पक्राउ

 मंसिर २, २०७५ आइतबार १४:३६:२५ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर – भाइटिकाको दिन आफ्नै दिदीलाई काठको फल्याक प्रहार गरी हत्या गर्ने युवक  पक्राउ परेका छन् । 

रामप्रसाद राई गाउँपालिका–७, बासीखोराका ४५ वर्षीय सुमन राईले आफ्नै दिदी ४७ वर्षीया सरिता राईको हत्या गरेको खुलेको हो । 

राईले गएको कार्तिक २३ अर्थात भाइटिकाकै दिन साँझ ६ बजेतिर आन्तरिक विवाद बढेपछि दिदी सरिताको टाउकोमा काठको फल्याकले हिर्काएर हत्या गरेको आरोपी सुमनले प्रहरी लाई बयान दिएका छन् । 

भाइटिकाका दिन गाउँमै अन्य दिदीहरु यशोदा र रुपाको हातबाट टिका लगाएर देउसी खेल्न सुमन घर आउन ढिला गरेको भन्दै दिदी सरिताले गाली गरेपछि सुमनले घर नजिकै रहेको काठको फल्याकले हिर्काएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर चरित्र विक्रम कार्कीले बताउनुभयो । 

फल्याक प्रहारबाट सरिताको टाउकोको बायाँ भागमा लागेर क्षत विक्षत भएपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

अनुसन्धानका क्रममा घटनाको ६ दिनपछि गएको बिहीबार आरोपि राईलाई प्रहरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । 
पक्राउ परेका राईलाई जिल्ला अदालत भोजपुरबाट प्रहरी हिरासतमा राखी अनुसन्धानका लागि सात दिनको म्याद थप गरिएको छ । 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया