आईपीएल क्रिकेटमा आज राजस्थान र पञ्जाब खेल्दै

 जेठ २, २०८१ बुधबार ९:४४:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज राजस्थान रोयल्स र पञ्जाब किंग्स खेल्दैछन् । गुवाहटीमा यो खेल नेपाली समयअनुसार राति पौने ८ बजे शुरु हुनेछ । राजस्थान १२ खेलमा १६ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ । आजको खेल जितेमा राजस्थान प्लेअफमा पुग्नेछ । राजस्थान आईपीएल पहिलो सिजनको विजेता तथा सन् २०२२ को उपविजेता टोली हो ।

पञ्जाव किंग्स तालिकाको पुछारमा छ । पञ्जाबको १२ खेलमा ८ अङ्क मात्रै छ । पञ्जाब यो सिजन प्लेअफको दौडबाट बाहिरीसकेको छ । पञ्जाब सन् २०१४ मा उपविजेता बनेको थियो । यो नै उसको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया