चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
काठमाण्डौ – तराई क्षेत्रमा अबको केही दिन अत्यधिक गर्मीको सम्भावना रहेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई क्षेत्रका केही ठाउँमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्योभन्दा धेरै मापन भएको छ । केही दिनदेखि अधिकतम र न्यूनतम तापक्रम बढ्दै गएको छ ।
मौसम पूर्वानुमान महाशाखाले आज विशेष बुलेटिन निकालेर तराई क्षेत्रमा अबको तीन दिन तातो हावा तथा लहर अर्थात् 'लू' चल्न सक्ने भएकाले सम्भावित असरबाट जोगिन आवश्यक सर्तकता अपनाउन अनुरोध गरेको छ ।
यसैबीच तातो हावाको लहरबाट बच्नका लागि जनचेतना तथा प्रचारप्रसार गर्न आवश्यक रहेको विज्ञले बताएका छन् । जल तथा मौसम विज्ञान विभागले यस वर्ष तापक्रम बढ्ने प्रक्षेपण गरिसकेको छ । जनस्वास्थ्यविद् डा. समीर अधिकारीले तातो हावाका कारण मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पुग्नसक्ने भन्दै यसबाट जोगिन आवश्यक रहेको बताउनुभयो ।
तातो हावा अर्थात् 'लू' का कारण सास फेर्न गाह्रो हुने, आलस्य बढ्ने, आँखाको समस्यालगायत हुन सक्छ । गर्मीको समयमा घरभित्र अथवा चिसो ठाउँमा बस्न, घाममा ननिस्कन, हल्का, पातला लुगा लगाउन, टाउको छोप्न, झोलिला पदार्थ पानी, जुस, सर्वत प्रशस्त्र पिउन र स्वास्थ्यमा समस्या भएमा अस्पताल जान डाक्टरको सुझाव छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।