आईपीएल क्रिकेटबाट बेंगलूरु बाहिरियो, राजस्थानसँग ४ विकेटले पराजित

 जेठ १०, २०८१ बिहीबार ६:३२:२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा क्वालिफायर पुग्नका लागि भएको खेलमा राजस्थान रोयल्सले रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) लाई हराएको छ । फाइनल सम्भावना कायम राख्न जित्नै पर्ने खेलमा राजस्थानसँग ४ विकेटले पराजित हुँदै बेंगलूरु बाहिरिएको हो ।

गएरातिको खेलमा बेंगलूरुले दिएको १ सय ७३ रनको लक्ष्य राजस्थानले १९ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । राजस्थानका लागि यशस्वी जैसवालले सर्वाधिक ४० रन बनाए । त्यसअघि टस हारेर ब्याटिङ गरेको बेंगलूरुले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको थियो । उसका रजत पतिदरले सर्वाधिक ३४ रन बनाएका थिए ।

राजस्थानले अब पहिलो क्वालिफायरको पराजित टोली सनराईजर्स हैदराबादसँग  फाइनल प्रवेशका लागि भोलि खेल्नेछ । हैदराबादलाई हराउँदै कोलकाता नाइट राइडर्स यसअघि नै फाइनल प्रवेश गरिसकेको छ । फाइनल खेल आउने आइतवार हुने छ ।

अन्तिम अपडेट: असार १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया