महिलाले मात्रै ताने रातो मच्छिन्द्रनाथको रथ

 जेठ १०, २०८१ बिहीबार ८:३३:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – ललितपुरको रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा आज बिहानै महिलाले मात्र रथ तानेर लगनखेलको इतिटोलमा पुर्‍याएका छन् । रथयात्राको क्रममा हरेक वर्ष नरिवल खसाल्ने जात्राको भोलिपल्ट बिहान महिलाले मात्र रथ तान्नुपर्ने परम्परा याक मिसाया भुज्याअनुसार आज बिहान महिलाले तानेर इतिटोल पुर्‍याएका हुन् । हिजो रथको टुप्पोबाट नरिवल खसालिएको थियो । यसवर्षको रथयात्रा गएको बैशाख २९ गते शुरु भएको हो ।

रातो मच्छिन्द्रनाथको कुलेदेवी पूजा आउँदो १७ गते हुने भएको छ । हिजो नरिवल खसाल्ने जात्राको दिन बाराही गुठियार, गुठि संस्थानका प्रतिनिधि सहितको टोलीले कूलदेवीको पूजाको साइत हेर्नुपर्ने परम्परा अनुसार आउँदो १७ गतेको लागि साइत निकालेको हो । कुलदेवी पूजा ४ दिनसम्म गरिन्छ ।

मच्छिन्द्रनाथको कुलदेवी भनेर गाबहालमा रहेको पूर्णचण्डीलाई पुजा गरिन्छ । कुलदेवीको पूजाको दिन अर्थात जेठ १७ गते  नै रथलाई लगनखेलबाट जावलाखेल तान्नको लागि साइत हेरिनेछ । रथ जावलाखेलमा पुर्‍याएको चार दिनमा भोटो देखाइनेछ । भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुंगमती लगिनेछ भने मीननाथको रथलाई तानेर टंगल लगिनेछ । त्यससँगै यसवर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिनेछ ।

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया